तुलसीपुर,७ जेठ ।
बादि तथा गन्धर्व समुदायको लागि घर बनाउने काम सुरु भएको छ । पहिलो चरणको कार्यक्रम अन्र्तगत निवेदन छनौट कार्य सकिएसगै घर बनाउने काम सुरु भएको शहरी विकास तथा भवण निर्माण डिभिजन कार्यालयले जानकारी दिएको छ । छनौटमा पर्नका लागि ९० अँक प्राप्त गर्नुपर्ने हुन्छ ।
जसमा करीव दुई सय चालिस निवदेन परेकोमा दुई सय सत्र निवेदकले ९० अँक प्राप्त गरेका थिए । अहिले प्रथम चरणको पहिलो किस्ताको रकम दिने कार्य जारी छ । जिल्लामा घर निर्माण्का लागि करीव आठ सय समुहहरु परीचालन गरीएको छ । यस्तै दास्रो चरणको लागि पाँचहजार नौसय निवेदन सँकलन भएको छ । जसवाट आठ सय पच्चिस निवेदन छनौट गर्नुपर्ने छ ।
प्रकाशित मिति : २०७४ जेष्ठ ७ गते आइतवार