३३ औं नेत्र स्मृति दिवस आज

तुलसीपुर, ६ जेठ ।
नेकपा एमाले दाङले नेत्र स्मृती दिवस मनाउन लागेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि स्मृति दिवस मनाउन लागिएको एमाले दाङले जनाएको छ । प्रत्यक बर्ष जेठ ६ गते नेत्र स्मृति दिवस बनाउने गरिन्छ । यसैविच नेकपा एमाले दाङले ३३ औं नेत्र स्मृति दिवसका अवसरमा घोराहिमा कार्यकर्ता भेला आयोजना गरेको छ । आज विहान ११ बजे देखि घोराहिको नारायण सल्यानी हलमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको नेकपा एमाले दाङका सचिव हिराचन्द्र केसीले जानकारी दिनुभयो ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु दाङ आउने सचिव केसीले जानकारी दिनुभयो । भेलालाई नेकपा एमाले स्थायी कमिटि सदस्य शंकर पोख्रेल, पोलिटव्युरो सदस्य भागवत विश्वासी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबिच नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले कार्यकर्ता भेलामा सहभागीताका लागी आम कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया