तुलसीपुर, ६ जेठ ।
अन्य व्यक्तिको नामको फेसबुक आईडि प्रयोग गरी अश्लिल फोटो, भिडियो पोष्ट गर्ने एक युवक दाङमा पक्राउ परेका छन् । समाजिक संजाल फेसबुक मार्फत अश्लिल शब्द एवंम फोटो प्रयोग गरी विभिन्न व्यक्तिलाई म्यासेन्जरमा पठाएको आरोपमा घोराही उपमहानगरपालिका १५ निबासी २९ बर्षका घनश्याम बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका आरोपिका विषयमा थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरतप्रताप सिंहले जानकारी दिए ।
प्रकाशित मिति : २०७४ जेष्ठ ६ गते शनिवार