ओपेन्द्र बस्नेत
तुलसीपुर, ५ जेठ / दाङको तुलसीपुरमा स्थित पातुखोलाको मानव वस्ती जोखीमा परेको छ । पातुखोलाबाट अबैध रुपमा भइरहेको ढुङ्गा, बालुवा, गिट्टी र छर्री उत्तखननका कारण करिब एक हजार बढी मानवबस्ती जोखिममा परेको तुलसीपुरउपमहानगरपालिकाका इन्जिनियर पवन योगीले जानकारी दिनु भयो । उत्खननका कारण पातुखोलाको सतह असामान्य रुपमा दिनप्रतिदिन गहिरिदै गएको छ ।
पातुखोलाको पुल तलमाथि करिब दुई किलोमिटरको दुरीमा वरपर (दुवैतर्फ) बनेका घरहरु उच्च जोखिममा परेको इन्जिनियर योगीले बताउनु भयो । मैना बगरदेखि दमारगाउँ डाँडाखुटी जानेबाटो सम्म स्थानीयले नै कुटो, कोदालो र ब्याल्चा प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा र छर्री उत्खनन गरेर विक्रि गर्ने गरेका छन् ।
दुई किलोमिटरको दुरीमा, खोला छेउछाउँमा बसोबास गर्दे आएका सयौं स्थानीयहरुनै विहानै देखि साँझ झुस्मुस नहुदासम्म ढुङ्गाजन्य वस्तु उत्खनन गर्ने गरेको स्थानीय बखरे दमाईले बताउनु भयो ।
‘खोलाबाट दैनिक ५०/६० टेक्टर गिट्टी, बालुवा र ढुङ्गा निकासी हुने गरेको छ, जेसीवी (डोजर) प्रयोग नगरेपनि मानिसले गरेको उत्खनन्बाट खोला पुरानो सतह भन्दा करिब एघार÷बाह्रफिट गहिरो भएको छ’ दमाईले भन्नुभयो । खोलाबाट निकालेका ढुङ्गा ट्रयाक्टरको प्रति टिप एक हजार सात सय, बालुवा एक हाजर ३ सय र छर्री ६ सय रुपैया टिप विक्री गर्ने गरेका छन् ।
गहिरो हुनेक्रम जारी नै छ । गहिरोले ढुङ्गाजन्य बस्तु लिन गएका ट्रयाक्टर समेत राम्ररी देखिदैनन् । खोला गहिरो हुँदा तटबन्धका लागि खोलामा लगाएका जाली समेत टङचङ्ङ भएका छन् । यसरी खोला असमान्य रुपमा गहिरिदै जाँदा बर्षातको समयमा खोलामा आउने बाढीले ठूलोक्षेति पु¥याउन सक्ने तुलसीपुर उपमहानगरपालिकाले आँकलन गरेको छ ।
चाढे चार करोडको पुल समेत जोखिममा
उत्खनन् कार्यले मानव वस्ती मात्रैहैन पश्चिम दाङ जोड्ने पातुखोलाको पुल समेत जोखिममा परेको भन्दै चिन्ता गरिन थालिएको छ । पुलको निर्माणकार्य सकिए लगत्तैबाट संरक्षणका विषयमा कुरा उठाएपनि आशा गरिए अनुसार काम नभएको जुद्ध एण्ड पुर्णनिर्माण सेवाका पुर्णबहादुर भण्डारीले गुनासो गर्नुभयो । पातुखोला पुलको मायाँ कसैलाई नभएका कारण यसको भविष्य लामो नभएको भन्दै भण्डारीले माथितिर भन्दा पनि तलतिर गरिने उत्खननले पुल बढी जोखिममा पर्ने बताए । पातुखोलाको पुल २०६६ मा चार करोड ६५ लाख लागतमा निर्माण गरिएको थियो ।
के भन्छ तुलसीपुर उपमहानगरपालिका ?
यता तुलसीपुर उपमहानगरपालिकाले स्थानीय र प्रहरीप्रसाशनलाई दोष दिएको छ । खोला संरक्षणका लागि सवै भन्दा पहिला खोलाको आसपासमा बस्नेहरु नै सजग र सचेत हुनुपर्ने उपमहानगरपालिकाले बताएको छ । खोला गहिरो हुँदा बर्षातमा आएको बाढीले अनियन्त्रीतरुपमा कटान गर्दा सवैभन्दा पहिला स्थानीयलााई नै क्षेति पु¥याउने भएकाले स्वयम उनिहरु नै संरक्षणमा जुट्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख ललित घर्तीले बताउनु भयो । ‘पातुखोलाको पुल वरपरको कुरा नगरपालिकाको लागि टाउको दुःखाइको विषय भएको छ, निमित्त प्रमुख घर्तीले भने प्रहरीले पनि यसलाई झारा टार्ने नभई कडाईका साथ लिइदिनु प¥यो ।’