बनगाड नगरपालिकाको मेयरमा एमालेका गोविन्द पुन विजयी

मिना बुढाथोकी
सल्यान जेठ ४ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको मेयरमा नेकपा एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले विजयी भएका छन् । निकै प्रतिस्प्रर्धात्मक बनेको मेयेरको भिडन्तमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटव्युरो सदस्य कर्ण बहादुर बुढाथोकीलाई ९३ मतान्तरले पराजित गर्दै पुन मेयेर बनेका हुन । उनले ५ हजार ७७ मत पाएका छन् भने बुढाथोकीले ४ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् । दुवैजनाले अहिले पार्टिको जिल्ला नेतृत्व सम्हालेका छन् ।  उपमेयेरमा भने नेकपा माओवादी केन्द्रले बाजी मारेको छ । बनगाड कुपिण्डे नगरपालिकामा मेयेर र उपमेयेरमा कांग्रेस र एमालेको गठवन्धन बनेको थियो । उक्त गठवन्धनलाई तोड्दै नेकपा माओवादी केन्द्रकी मञ्जु यरीले ४ सय ६ मतान्तरले जित हात पारीन ।

उनले नेपाली काँग्रेसको तर्फबाट उपमेयेरको उम्मेदवार बनेका दिपेन्द्र विष्टलाई पराजित गरीन । उनले ४ हजार ८ सय ६२ मत प्राप्त गरिन भने विष्टले ४ हजार ४ सय ५६ मत प्राप्त गरे । कुल मतदाता १६ हजार ३ सय १५ रहेको बनगाड कुपिन्डे नगरपालिकामा १२ हजार १ सय ७ मत खसेको थियो । एमाले नेता तथा सांसद प्रकाश ज्वाला, नेता गुलाबजंग शाह लगायतको गृह क्षेत्र रहकाले पनि बनगाड कुपिन्डे नगरपालिका ‘इज्जतको सवाल’ बनाएर एमाले नेताहरुकै विशेष पहलमा कांग्रेससँग मिलेर चुनाव लडिएकाएमाले नेताहरुले बताएका थिए ।

माओवादी केन्द्रले पनि जिल्ला संयोजक नै लडेको र ठूला दुई पार्टीको गठबन्धन तोड्न सके ‘ऐतिहासिक जीत हुने’ विश्लेषण गर्दै चुनावी दौडमा होमिएको थियो । नेकपा एमाले र काँग्रेसको गठवन्धन भनेको सो ठाउमा गठबन्धन भने फापेन । गठवन्धनका सहयात्री उपमेयेरका उम्मेदवार विष्ट पराजित भएपछि कांग्रेस भने एमालेसँग चिढिएको देखिएको छ । यससँगै सल्यान जिल्लाका १० स्थानिय तह मध्ये नेकपा एमालेले ४ तहमा जित्दै जिल्लामा पहिलो पार्र्टी बन्ने संकेत गरेको छ । माओवादी र काँग्रेसले हाल सम्म दुई दुई स्थानिय तहमा जित हात पारेका छन् भने वाँकी दुई स्थानिय तह मध्ये एक एकमा अग्रता लिएका छन् । वडा तर्फ भने माओवादी केन्द्रले ७ वटा वडामा तथा नेकपा एमालेले ५ स्थानमा जित हात पारका छन् । १२ वडा रहेको नगरपालिकामा माओवादी केन्द्रले वडा नं. २, ३, ४, ५, ८, ९ र ११ मा जितेको छ भने एमालेले १, ६, ७, १० र १२ मा जित हात पारेको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया