चोरी मुद्दामा फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । साविक घोराहि नगरपालीका ५ हाल घोराहि उपमहानगरपालीका वडा नं.१८ निवासी गिरे विकलाई आज पक्राउ गरेको हो । २०६९ साउन १ गतेदेखि फरार विकलाई दाङ देउखुरी जिल्ला अदालतल २०७३ चैत ९ गते एक महिना कैद र ७५ हजार जरीवाना सजाय तोकेको थियो । जिल्ला प्रहरी कार्यालय दाङको अपराध नियन्त्रण र फरार अपराधी पक्राउ गर्ने अभियान अन्तरगत खटिएको विशेष प्रहरी टोलीले विकलाई पक्राउ गरी जिल्ला अदालत घोराही पठाएको प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभएको छ ।।
प्रकाशित मिति : २०७४ जेष्ठ ४ गते बिहिवार