गैंडाकोट,४ जेठ ।
नवलपारासि जिल्लामा एमालेले खाता खोलेको छ । कांग्रेसका महामन्त्री शंशाक कोइरालको निर्वाचन क्षेत्रमा पर्ने गैंडाकोट नगरपालिकामा विजयी भएसंगै नवलपरासिमा एमालेले खाता खोलेको हो । त्यहाँ एमालेमा उम्मेदवार छत्रराज पौडेल मेयरमा विजयी भएका छन् । पौडे्लले कांग्रेसका उम्मेदवार गजेन्ऽ आलेमगरलाई २२४ मतले पराजित गरेका हुन् ।
मेयरमा बिजयी पौडेलले ११ हजार ३०२ मत ल्याए भने आलेमगरले ११ हजार ७८ मत प्राप्त गरे । उपमेयरमा भने कांग्रेसकै उम्मेदवार बिष्णु कंडेलले ११ हजार ५५५ मत ल्याएर बिजयी भइन् भने एमाले उम्मेदवार राधा पाण्डेले १० हजार ४५८ मत ल्याइन । नवलपरासीको निर्वाचन क्षेत्र नः १ मा पर्ने गैंडाकोट क्षेत्र कांग्रेसको आधार इलाका मानिन्छ । साविकका ४ गाविसहरु गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर मिलेर गैंडाकोट नगरपालिका बनेको हो । अन्तिम मत प्राप्त भएका नवलपरासिका अन्य स्थानीय तहहरु भने कांग्रेसले जितेको छ ।