भरतपुरमा किन रेणुको भोट बढेन ???

भरतपुर – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ३ को मतगणना पनि सकिएको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धनमा भएको भरतपुर महानगरपालिकामा वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ३ मा चन्द्रमित्र पण्डित विजयी भएका हुन् ।

वडा नम्बर १ मा पनि नेपाली कांग्रेस नै विजयी भएको छ । दुई वडामा कांग्रेस विजयी भए पनि काँग्रेसको समर्थनमा उठेकी माओवादीको मेयरकी उम्मेदवार रेणु दाहालको भोट भने त्यति अनुपातमा आएको छैन ।

महानगरको तीन वटा वडाको मतगणना सकिँदा माओवादी उम्मेदवार रेणु दाहालको ४९८७ मत प्राप्त भएको छ भने एमाले उम्मेदवार देबी ज्ञवालीको ६७३५ मत प्राप्त भएको छ ।

उपमेयरमा कांग्रेसकी पार्वती शाहले ५८४८ मत प्राप्त गरेकी छन् । एमालेको तर्फबाट दिब्या आचार्यको ५७७९ मत प्राप्त भएको छ। भरतपुर र पोखरा–लेखनाथ महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरिए पनि एक पार्टीले अर्कोलाई मत नदिएको नतिजा देखिएको छ ।

रातोपाटी

प्रकाशित मिति : २०७४ जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया