कपुरकोट गाउँपालिकामा एमाले विजयी


तुलसीपुर, ३ जेठ
सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेबाट गााउँपालिकाको अध्यक्षमा भिम बहादुर सेन विजयी भएका हुन । निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण्डारीलाइ एक हजार १७ मत अन्तरले पछी पार्दै अध्यक्षमा सेन विजयी भएका हुन् । अध्यक्षका उम्मेदवार सेनले ३ हजार १ सय ५२ मत ल्याएका थिए भने माओवादी केन्द्रका भण्डारी २ हजार १ सय ३५ मतका साथ पराजित भएका हुन् ।
काग्रेसका दुर्गा बहादुर गिरीले भने १ हजार ४ सय ६७ मत ल्याएका छन् । इस्तै गाउंपालिकाको उपाध्यक्षमा एमालेकै तिला बुढा मगरले ३ हजार ३ सय ८० मत ल्याएर विजयी भएकी छिन् । उनले नेकपा माओवादी केन्द्रकी एलिना रानालाइ १ हजार ५ सय १२ मतले पछाडी पार्दै विजयी भएकी हुन् । रानाले १ हजार ८ सय ६८ मत ल्याएकी छिन् ।
काग्रेसकी ओकी महताराले १ हजार ६ सय ७४ मत ल्याएकी छिन् । कपुरकोट गाउंपालिकाको ६ नम्बर वडामा पनि नेकपा एमालेका हेरम बहादुर बुढाथोकी ६१८ मत ल्याएर प्यानल सहित विजयी भएका छन् । यस गाउँपालिकाको १ र २ नम्बर वडा माओवादी केन्द्रले, ३ नम्बर वडा काग्रेसले र ४, ५, ६ नम्बर वडामा एमालेले जीत हात पारेको छ । विजयी पश्चात एमालेले कपुरकोटमा पञ्चेबाजा सहित विजयी उत्सव मनाएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया