‘नजिकको भन्दा पनि चुनाव जित्नोलई टिक दिनुपर्छ ’

तुलसीपुर, ३ जेठ
नेपाली कांग्रेसलको चुनावीसभा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ स्थीत राधा कृष्ण मन्दिरमा सम्पन्न गरेको छ । सभामा बोल्ने बक्ताहरुले पार्टीले सक्षम व्यक्तिलाई टिकट दिनुपर्नेमा जोड दिएका छन् । ‘कसले जित्न सक्छ कसको जनमत छ, त्यो कुरालाई पार्टी नेतृत्वले हेक्का राख्नुपर्छ वक्ताहरुले भने आफुनिकटका आधारमा टिकट दिनुहुदैन ।’ जनताको भावना वुझेको र स्थानीय मान्छेलाई पार्टीले अगुवाइ गर्ने अवसर दियो भने मात्रै पार्टीले जित्न सक्ने र सवैलाई समेट्न सक्ने उनिहरुले बताएका छन् ।
कांग्रेस क्षेत्र नम्वर ५ का कार्यवाहक सभापति घनश्याम ढकालको सभापतित्व, कांग्रेस नेता तथा महासमिति सदस्य केशव आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अवसरमा कांग्रेस दाङका सचिव शंकर प्रसाद डांगी, कांग्रेस क्षेत्र नम्वर ४का सभापति जगत वहादुर खड्का, पूर्व जिविस सभापति भरत केसी, महाधिवशेन प्रतिनिधि शंकर गिरी, कांग्रेस जिल्ला सदस्य राजु आचार्य, महाधिवेशन प्रतिनिधिहरु वम वहादुर डिसी, फल्कुदत्त भण्डारी, महाधिवेशन प्रतिनिधि तथा तरुण दल जिल्ला अध्यक्ष टिका घर्ति, कांग्रेस महाधिवेशन प्रतिनिधिहरु चेत वहादुर सेर्पाईली, नन्द किशोर गुप्ता, महाधिवेशन प्रतिनिधि तथा महिला संघ क्षेत्रिय अध्यक्ष तरा वली, नेविसंघ निवर्तमान केन्द्रीय सदस्य युवराज खड्का, तरुण दल जिल्ला सदस्य मुक्ती प्रसाद न्यौपाने, नेविसंघ जिल्ला सदस्य किरण केसी लगायतले आफ्नो धारणा राख्नु भएको थियो । कांग्रेस क्षेत्रिय सदस्य रामलाल चमाराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण क्षेत्रिय सचिव चुडामणी ढकालले गर्नुभएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगर वडा नम्वर १, २, ३, ८ र ९ का कांग्रेस कार्यकर्ता तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया