मदन आश्रितको निधनले एमालेलाई अविष्मरणिय क्षति

तुलसीपुर, ३ जेठ
नेकपा एमालेका नेता शोभाराम बस्नेतले अहिले नेकपा एमाले ठुलो सागर भएर बगिरहेको बताउनुभएको छ । बस्नेतले मदन भण्डारीको बुद्धिमता, राष्ट्रिय अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको अध्ययनका कारणले अहिले नेकपा एमाले पक्षमा जनसागर उर्लिएको बताउनुभएको हो । तुलसीपुर उपमहानगरपालीका वडा ९ ले आज २४ औं मदन आश्रित स्मृती दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मदन भण्डारी र जिवराज आश्रितको निधनले नेकपा एमालेलाई अविष्मरणिय क्षति पुगेको बताउनुभयो । प्रमुख अतिथि बस्नेतले मदन भण्डारीले प्रतिपादन गरेको कार्यक्रम जनताको बहुदलिय जनवादलाई अप्रत्यक्ष रुपमा प्रचण्ड, मोहन वैद्य लगायतका नेताहरुले पनि अंगालेको दाबी गर्नुभयो । तुलसीपुर उपमहानगरपालीका स्तरिय निर्वाचन परिचालन कमिटिका संयोजक समेत रहनुभएका बस्नेतले यो चुनाव अग्निपरिक्षाका रुपमा रहेको र यसलाई एकदमै सचेत भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभागका केन्द्रिय सदस्य घनश्याम पाण्डेले मदन भण्डारीले अघि सारेका कार्यक्रमहरुलाई जनताका माझमा लैजानुपर्ने बताउनुभयो । साथै पाण्डेले जनतालाई सामाजिक सुरक्षा , सुरक्षित आवास प्रदान गर्नुका साथै जनताको हरेक समस्यामा सहयोग गर्ने पार्टि नेकपा एमाले भएको दाबी गर्नुभयो । यस पटकको चुनावमा जनतालाई मतदानका बारेमा जानकारी गराउन पनि आग्रह गर्नुभयो । त्यसैगरी नेकपा एमाले दाङका संगठन विभाग प्रमुख कृष्ण प्रसाद भुसालले संविधानको कार्यान्वयन , मुुलुकलाई सहि दिशातर्फ निर्देश गर्ने जिम्मा नेकपा एमालेको भएको बताउनुभयो । कुनै एक व्यक्तिलाई नभएर सिंगो नेकपा एमालेलाई जिताउने जिम्मा हरेक पार्टि कार्यकर्ताको भएको बताउनुभयो । अनेम संघका वडा अध्यक्ष सुभद्रा योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमालेका दाङका नवनियुक्त सल्लाहकार लालबहादुर गिरीलाई स्वागत गरिएको थियो । सो अवसरमा नवनियुक्त सल्लाहकार गिरी, पुर्व वडा अध्यक्ष डिल्ली भण्डारी लगायतकाले बोल्नुभएको थियो । वडा कमिटि अध्यक्ष मुक्ति प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन निर्वाचन परिचालन कमिटिका सदस्य बामदेव भुसालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव भिमकान्त बस्याल संगितले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया