तुलसीपुर, ३ जेठ
सल्यानको कालीमाटी गाउँपालिकामा ७ वटा वडा मध्य ४ स्थानमा नेकपा एमालेले विजयी हासील गरेको छ । ६ वटा वडामा भएको मतपरिनामको घोषणा मध्य ४ स्थानमा एमाले र एक एक स्थानमा नेपालीकांग्रेस र माओवादी केन्द्र आएको कालीमाटी गाउँपालिकाका निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । गाउँपालिकामा पनि साढे चारबजेको मत परिनाम अनुसार एमालेका दानबहादुर खत्रीले २४०९ मत प्राप्त गरेर अग्र स्थानमा छन् भने माओवादी केन्द्रका पुरुषोत्तम भट्टराई २१०३ मत लिएर पछ्याइरहेका छन् । कांग्रेसका भरत पुनले १६०५ मत लिएर तेस्रो स्थानमा छन् । त्यसैगरी एक नम्बर वडामा पनि एमाले अग्रस्थानमा रहेको छ ।
एमाले विजयी भएको वडा
२ नम्बर वडामा
एमालेका इन्द्रबहादुर वली ५७२
माओवादीका मोतिलाल पुनमगर २९९
३ नम्बर वडामा
एमालेका बिरबहादुर वली ४७४
नेपाली कांग्रेसका शिवबहादुर खत्री ४३९
४ नम्बर वडामा
एमालेका बिरबहादुर वली ५१८
माओवादीका इन्द्रबहादुर पुन ४८२
५ नम्बर वडामा
एमालेका चन्द्रबहादुर गाहामगर ४२८
माओवादीका टोपबहादुर कार्की ८०८
माओवादी केन्द्र विजयी भएको वडा
६ नम्बर वडामा
माओवादी केन्द्रका टेकराज पुलामी ४७३
एमालेका कुमार रानामगर २२६
नेपालीकांग्रेस विजयी भएको वडा
७ वडामा
नेपालीकांग्रेसका नैनसिङ राना ३२०
एमालेका रातो बस्नेत २६९