बृद्धलाई खुकुरी प्रहार गर्ने पक्राउ

तुलसीपुर, १ जेठ
ज्यानमार्ने उद्योगको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निबासी १८ बर्षका स्टार जिएम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिए । गत फागुन २९ गते तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौर निबासी वृद्ध टेकबहादुर वलीलाई धारीलो हतिार प्रहार गरी ज्यानमार्ने उद्योगको आरोपमा उनिविरुद्ध मुद्दा चलेको थियो । लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा प्रहरीले आरोपीलाई घरैबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ १ गते सोमवार
प्रतिक्रिया