सफागर्ने भन्दै फोहोर खोज्दै

नारायणपुर, १ जेठ
घोराही उप–महानगरपालिका वडा नम्बर १० मा आज सरसफाई गरिएको छ । साविका त्रिपुर नगरपालिका र हाल उपमहानगरपालिकाको संयुक्त वडा कार्यालयको आयोजनामा हरेक महिनाको १ गते हुने सरसफाई कार्यक्रम अन्तरगत आज सोमवार नारायणपुर बजारको सरसफाई गरिएको हो । नगरपालिका चोकबाट सुरु भएको सरसफाईमा बजारको मुख्य चोकसम्म सरसफाई गरिएको थियो । त्यस क्रममा वडा कार्यालयका कर्मचारी, नेपाल प्रहरी, म्यादि प्रहरी, महिला, युवा, व्यवसायी, पत्रकारहरुको सहभागीता रहेको थियो । सरसफाईको नेतृत्व सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले गरेको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ १ गते सोमवार
प्रतिक्रिया