प्रद्युम्न उपाध्याय
सल्यान वैशाख ३१ । सल्यानका १० वटै स्थानिय तहमा आईतबार मतदान सम्पन्न भएको छ । तिन नगरपालिका र सात गाउँपालिकामा मतदान शान्तिपुर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न भएको हो । जिल्लाभरी ७२ प्रतिशतको हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । जिल्लामा रहेका १ सय ७५ मतदान केन्द्र मध्ये १ सय ७४ मतदान केन्द्रमा आईतवार मतदान भएको हो । जिल्लामा सवै स्थानमा शान्तिपुर्वक, सौहार्दपुर्ण र उत्साहजनक तरिकाले मतदान भएको न्यौपानेले बताए । कोराबारेर बसेका किरियापुत्रीले पनि मतदानमा भागलिएका थिए । मतदान केन्द्रमा झोलामा खुकुरी राखेको आरोपमा कुमाख मालिका गाउँपालिका ३ का दिनेश रावतलाई पक्राउ गरीएको जिल्ला प्रहरी प्रमुख डियसपी श्याम बहादुर खत्रीले बताए । उनले भने यस बाहेक जिल्लाका सवै मतदान केन्द्रहरुमा मतदान उत्साहजनक तरिकाले सम्पन्न भएको छ । जिल्लाका १० वटा स्थानिय तह मध्ये नौ वटा स्थानिय तहमा मतपेटीका स्थानिय तहको केन्द्रमा प्राप्त भएपछि मतगणनाको काम हुनेछ । जिल्ला निर्वाचन अधिकारी महेश शर्माले मतपेटीका, दलका प्रतिनिधि आउने वित्तिकै मतगणना हुने बताए । जिल्लाका धेरै जसो मतदान केन्द्रमा पुरुषको तुलनामा महिला मतदाताहरुले मतदान गरेको देखिएको छ । पुरुषहरु वैदेशिक रोजगारी तथा अन्य कामकाजको सिलसिलामा घरमा नभएकोले महिला सहभागिता बढि देखिएको छ ।