दोलखा, बैशाख ३१ –स्थानीय निर्वाचनका क्रममा दोलखाको तामाकोशी गाउपालिका – ३ मा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ ।कांग्रेस–एमाले कार्यकर्ताबीच विवाद सुरु भएपछि पछि झडप भएको प्रहरीले जनाएको छ । आज बिहान मतदाता नामावलीको बारेमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडप भएको स्थानीयले बताएका छन् । झडका क्रममा १७ राउण्ड हवाइ फायर समेत भएको छ । प्रहरीले १७ राउण्ड हवाइफायर गरेको हो ।
प्रकाशित मिति : २०७४ बैशाख ३१ गते आइतवार