तुलसीपुर, २८ बैशाख
तुलसीपुर उद्योग वाणिज्यसंघ दाङले तुलसीपुरका प्रतिष्ठित व्यवसायी खगेन्द्र प्रसाद पोखरेललाई मानार्थ सदस्यता प्रदान गरेको छ । वाणिज्य संघको विहिवार वसेको कार्यसमितिको बैठकले पूर्वउपाध्यक्ष समेत रहेका पोखरेललाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।रेडियो प्रकृति एफएमका बरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेल दुई दर्जन बढी विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ ।
उद्योगबाणीज्य संघमा दश वर्ष भन्दा वढी सेवा गर्नेलाई मानार्थ सदस्यता प्रदान गर्न सक्ने विद्यानमा व्यवस्था छ । यसैलाई आधार मानेर वर्तमान कानुनी सल्लाहाकार तथा अधिवक्ता प्रवीण लम्साललाई पनि मानार्थ सदस्यता प्रदान गर्ने बाणीज्य संघले निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७४ बैशाख २८ गते बिहिवार