कञ्जुवारका महिलाका लागि नेतृत्व विकास तालिम

तुलसीपुर, २८ बैशाख

तुलसीपुर उपमहानगरपालीका १५ कञ्जुवारका महिलाहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम प्रदान गरिएको छ । इन्द्रेणी महिला विकास बचत तथा क्रृण सहकारी संस्थाको आयोजना तथा ग्रिन फाउण्डेसन नेपालको सहयोगमा त्यहाँका करिब दुई सय पचास महिलाहरुलाई सो तालिम प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष जानका रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभागका केन्द्रिय सदस्य घनश्याम पाण्डेले सहकारी गरिबको साथी भएको र समुन्नत समाजका लागी सहकारी कोशेढुंगा साबित भएको बताउनुभयो । साथै उहाँले सम्बृद्ध समाजका लागी महिलाहरुलाई नेतृत्वमा पु¥याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

सौभाग्य महिला विकास बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकी, पारिवारीक निजि वन महासंघका केन्द्रिय अध्यक्ष जोगराज गिरी, नेकपा एमालेका जिल्ला सदस्य पदम केसी, रेशम वली, विजया लक्ष्मी रेग्मी, बालाराम पौडेल, जेष्ठ नागरिक निम बहादुर खत्री, स्वयम्सेविका शान्ता वली, खिमा केसी, मधुकर रिजाल, फूलकुमारी श्रेष्ठ, द्रोपता रैदास लगायतकाले बोल्नुभएको थियो । इन्द्रा धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खिमा पौडेलले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ बैशाख २८ गते बिहिवार
प्रतिक्रिया