काट्दै गरेको रुख हेर्दा ज्यान गयो

तुलसीपु, २६ बैशाख
दाङमा रुख काटेको हेर्न गएका एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालीका ४ रक्षाचौरमा ढाल्नका लागि काट्न लागेको रुख हेर्न गएका ६४ वर्षिय दलबीर वलीको रुखको हाँगाले लागेर ज्यान गएको तुलसीपुर प्रहरीले बताएको छ । हाँगाले लागेर घाइते भएका वलीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिीनाले जानकारी दिए ।
“छिमेकिको रुख ढाल्न लागेको हेर्न गएका रहेछन्, प्रनाउ तिम्सिनाले भने जता रुख ढल्दै थियो उतैतिर भाग्ने क्रममा हाँगाले वलीलाई लागेछ ।” काठ ठेकदार यमबहादुर विकलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिएर छोडिदिएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया