मिना बुढाथोकी ,बैशाख २५ सल्यान ।
स्थानीय तहको निर्वाचनमा बागचौर नगरपालिकामा नेकपा एमालेको तर्फ बाट मेयरको उम्मेदवारी दिनु भएका लोक बहादुर डांगीले सुन्दर समृद्ध बागचौर नगर निर्माणको सपना एमालेले मात्र पुरा गर्ने दावी गरेका छन् । बागचौर नगर पालिकामा एमालेले थालेको घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमाले सल्यानमा मात्र नभई देशमै पहिलो पार्टी हुने समेत उनले दावी गरे । नगरपालिका भित्र सार्वजनिक जग्गा पहिचान गरि ५ हजार विपन्न, गरिब, दलित र असहायका लागी जनता आवास कार्यक्रम अन्तरगत वस्ती विकास गरिने उनले दावी गरेका छन् । यसैबिच नेकपा एमाले बागचौरले आज सोमवार नगर परिक्रमा गरेको छ ।
बिहान भएको नगर परिक्रमामा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद प्रकाश ज्वाला, नेकपा एमालेका केन्द्रीय सदस्य गुलाब जंग शाह, एमाले जिल्ला कमिटी सचिब रमेश गौतम लगायतका नेताहरुको सहभागिता रहेको थियो ।