अबैध ढुङ्गाजन्य बस्तुको उत्खनन किन देख्दैन प्रहरी ?

प्रवल रेग्मी,तुुलसीपुुर २४ वैशाख /

प्रसासनका लापरवाहीका कारण पश्चिम दाङका खोलाहरुमा हिजो आज दिउसै डोजर लगाएर वालुवा,छर्री उठाइरहेका छन । पश्चिम दाङको वौला खोला देखी पातुुखोला हुुँदै ग्वारखोला सम्म डोजर लगाएर वालुवा छर्री उठाइरहेका छन । छर्री उठाउने ठेकदाररुले रातदिन खोलामा डोजर राखेर वालुवा छर्री उठाउन थालेका हुुन ।यसैक्रममा प्रहरीले शुुक्रवार तिनवटा जे.सीवी, आठवटा टिप्पर र तिनवटा टयाक्ट्रर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुुलसीपुरले जनाएको छ ।
पश्चिममा पर्ने वौलाखोलाको वाटो उत्तरी भेगमा झण्डै ३मिटर गहिरिो १किलोमिटर लामो कुलो खनेर वालुुवा छर्री निकालेका छन तर प्रसासनले कुुनै चासो दिएन ।यता पातुुखोला ,ग्वार खोलामा दैनिक ४० डोजर लागीरहेपनी प्रहरी प्रसासनले सर्वसााधारणको गुुनासो सुुनेको छैन । पश्चिम दाङमा वाटोको ठेक्का लिएका एक ठेकदारले विकाश निर्माणको वाहानामा गिट्टीवालुवा अन्यत्र वेच्ने काम गरीरेहका प्रहरी निकट श्रोतले वताएको छ ।

केही दिन अगाडीमात्रै एलडियोको फोनका कारण इलाका प्रहरी कार्यालय तुुलसीपुरले दुइवटा डोजर नियन्त्रणमा लिएको थियो । तर डोजर प्रयोग गरेर केही क्रसर उद्योगमा तुुलसीपुर वजार भइ दैनिक २०औ टिप्पर निर्यात भएरहको भएपनि प्रहरी भने मौन छ । राष्ट्रपती चुुरे तराइ मधेश सक्षंरण विकाश समिती प्राविधीक को रोहवरमा विकाश निमार्णका लागी मात्र दिने निर्णण गरेपछी खोलावाट वालुुवा छर्री उठाउन पाउने ब्यवस्था गरीएको छ । जिल्ला समन्य समितीले गरेको निर्णय गर्नुुपर्नुुपर्छ । जिल्ला समन्वय समितीमा सिडयो मेघनाथ काफ्लेको अध्यक्षतामा ,जिल्ला वन कार्यालयका अधिकृत सुर्यकान्त सिग्देल ,सडक डिभिजन कार्यालय दाङका सिर वहादुर घिमीरे , जिल्ला भुसंरक्षण कार्यालयका महेन्द्र प्रसाद चौधरी,घरेलु घरेलु तथा साना उद्योगका प्रमुुख उत्तम वहादुर वली , जल उत्पन्न प्रकोप कार्यालयका प्रमुुख जागेश्वर उप्रेती, प्रहरी प्रमुुख धिरजप्रताप सिङ ,शसस्त्र प्रहरी दाङका प्रमुुख कर्ण वहादुर वुढामगर र सदस्य सचिवमा जिल्ला विकास समिती दाङका प्रमुख कुुल वहादुुर जि.सी हुुनुुहुन्छ ।यही वैशाख १४ गते विकाश निमार्णको लागी भनेर १० दिनका लागी खुला गरेको छ ।

खुला गरेको थाहा पाएका अन्यहरुले भने हिजो आज रात दिन खोलामा डोजर लगाएर कतै कुलाको मुहानलाइ असर गरेका छन त कतै पुललाइ असर पर्ने गरी वालुवा छर्री उठाएका छन ।कागजपत्र गोजीमा हालेर डोजर खोलामा हालेकाहरु मात्रै नभएर अन्यले समेत विकाश निमार्णको नाममा दैनिक ५०औ जे.सि.वि ग्वार र पातुुमा लगाएर वालुवा छर्री उठाइरहेका छन । नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्तीले विकाश निमार्णको नाममा प्रहरी प्रसासनले वैधानिक तस्कर जन्माएको आरोप लगाउनुु भयो ।

आफुविकाश विरोधी नभएको वताउदै अध्यक्ष घर्तीले केही ठेकदारहरुले विकाशको नाममा कागजपत्र वनाएर आर्थीक चलखेल गरी रातदिन खोलामा जे.सीवि लगाउदा पनि प्रहरी मुुकदर्शक वनेको वताउनुु भयो । विकाश निमार्णको नाममा प्रहरीले वैधानिक तस्कर जन्माएको घर्तीको आरोप थियो ।
यता इलाका प्रहरी कार्यालय तुुलसीपुरले कागजपत्रको नाममा अन्यले जे.सी.वि खोलामा हालेर टाउको दुुखाएको प्रतिक्रीया दिएको छ ।प्रहरी नायव उपरिक्षक लोकनाथ तिमिल्सीनाले प्रहरीको सक्रियता वढाएपनि जे.सीवि ,टिप्पर पक्राउ गर्न टाउको दुखाइ भएको वताउनुु भयो ।पातुुखोला ग्वार खोलामा दैनिक लाग्ने ५०औँ जे.सीवीलाइ पक्राउ गर्न एउटा युनिट नै खडा गर्नुपर्ला जस्तो देखिन थालेको प्रतिक्रिया तिमिल्सीनाको थियो ।

प्रकाशित मिति : २०७४ बैशाख २४ गते आइतवार
प्रतिक्रिया