नेकपा एमालेका नेता शोभाराम बस्नेतले स्थानीय तहलाइ बलीयो वनाउन एमालेको विकल्प नभएको बताएका छन् । नेकपा एमाले तुलसीपुर उपमहानगर पालिका १४ को ड्वाङपुरमा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीका लोकप्रिय नीति र कार्यक्रमले स्थानीय तहमा एमालेको जित सूनिश्चित रहेको दाबी गरे ।
चुनावी सभालाई तुलसीपुर नगरपालिकाका पूर्व उपमेयर घनश्याम पाण्डे, पारिवारीक निजि वन महासंघका केन्द्रिय अध्यक्ष जोगराज गिरी, उपसंयोजक लक्ष्मण शर्मा, रेखीराम बस्नेत, मनोज रावत, बलबहादुर विक, बन्धु चौधरी, हिरा विक, विराजी चौधरी, गणेस बस्नेत, पार्वती पोख्रेल लगाएतले सम्बोधन गरेका थिए । वडा संयोजक रेशम बहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन कृष्ण बहादुर केसीले गरेका थिए ।
प्रकाशित मिति : २०७४ बैशाख २३ गते शनिवार