तुलसीपुर,२३ बैशाख ।
नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले एमालेका लोकप्रिय कार्यक्रमहरु गाउ गाउमा पु¥याउन कार्यक्रतालाई निर्देशन दिनुभएको छ । एमाले तुलसीुर उपमहानगरपालिका वडा नम्बर ११ को भेलालाई उरहरीमा सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले एमालेको विचार र कार्यक्रम भन्दा अलग भ्रम फैलाउन सक्ने खतरा रहेकोले सचेत रहन आग्रह गर्नुभएको थियो ।
स्थानीय निर्वाचन नजिएकाले जित्नका लागी खटेर लाग्नुपर्ने उहाले बताउनुभएको थियो । एमालेको जनलहर राम्रो भएकाले विपक्षी दलले नकारात्मक भ्रम फैलाउन सक्ने भएकोले गाउ समाजमा एमालेका नितिहरु पु¥याउनुपर्ने उहाको धारणा थियो ।
सो अवसरमा एमालेका श्याम डाँगी , प्रेम बहादुर थापा, माया आचार्य , वडाअध्यक्षका उम्मेद्धार भागिराम चौधरी , सदस्यका उम्मेद्धार लोकजँग शाह, गायत्रा डागी , कमला नेपाली , तिलकराम थारु लगायतले बोल्नुभएको थियो । सो अवसरमा चुनाव लक्षित गरेर विभिन्न समितिहरु चयन गरीएको छ । भेलाको सहजिकरण हरी प्रसाद वलीले गर्नुभएको थियो ।।