मिना बुढाथोकी ,सल्यान २३ वैशाख ।
सल्यानमा रहेका १० स्थानिय तहमा प्रमुख र उपप्रमुख पदमा मात्रै ८९ जना उम्मेदवारहरु हुने भएका छन् । ३ नगरपालिका र ७ गाउँपालिकामा प्रमुख र उपप्रमुख गरी २० जनाको लागी ८९ जना उम्मेदवार बनेका हुन । जिल्लामा प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेशि जनअधिकार फोरम लोकतान्त्रिक, संघिय समाजवादी फोरम, नेकपा माले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति तथा स्वतन्त्रबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
स्वतन्त्रबाट कालिमाटी गाउँपालिकामा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रुद्र बहादुर घर्तिले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै शारदा नगरपालिका बाहेर जिल्लाका अन्य ९ स्थानिय तहमा प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएका सवैले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले १० वटै स्थानिय तहमा उम्मेदवारी दिएका छन् ।
यस्तै मधेशि जनअधिकार फोरम लोकतान्त्रिकले १, संघिय समाजवादी फोरमले १, नेकपा मालेले ५, राष्ट्रिय जनमोर्चाले ३, राष्ट्रिय जनमुक्ति पार्टीले १, नयाँ शक्तिले १ तथा स्वतन्त्रले स्थानिय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारहरु मैदानमा उतारेका छन् ।
५ गाउँपालिका प्रमुखमा महिला उम्मेदवार
जिल्लामा रहेका १० गाउँ नगरका प्रमुखको पदका लागी विभिन्न दलबाट ६ जना महिला चुनावी प्रतिष्प्रर्धामा छन् । महिलालाई प्रमुखमा उम्मेदवार बनाउनेमा नेकपा माले र राप्रपा सवैभन्दा अघि देखिएका छ् । नेकपा माले र राप्रपाले जिल्लाका १० स्थानिय तह मध्ये २ गाउँपालिकामा महिलालाई गाउँपालिका प्रमुखको उम्मेदवार बनाएका छन् ।
नेकपा मालेले छत्रेश्वरी गाउँपालिकामा सिता धिताल शर्मा र त्रिवेणी गाउँ पालिकामा उषा वलीलाई प्रमुखको उम्मेखवार बनाएको छ । यस्तै राप्रपाले कपुरकोट गाउँपालिकामा करुणा गिरी योगी र दार्मा गाउँपालिकामा अनिशा नेपालीलाई गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले कुमाख मालिका गाउँपालिकामा दिलमाया बुढा मगर गिरीलाई गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको छ ।