पुर्वाधार तर्फ तुलसीपुरमा अब तीस प्रतिशत योजना

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २३ बैशाख ।
चालु आर्थिक वर्ष सकिन अव केहि समय बाँकी हुदा तुलसीपुर उपमहानगरपालिका कार्यालय तुलसीपुरले ठुला तथा साना पुर्वाधार विकास तर्फ योजनाको हाल सम्म ७० प्रतिसत काम सम्पन्न भईसकेको बताएको छ । चालु आर्थिक वर्षको पुर्वाधार विकास तर्फको काम अव ३० प्रतिशत मात्र बाँकी रहेको कार्यालयले बताएको छ । साविक तुलसीपुर नगरपालिकाले आर्थिक वर्ष ०७३÷०७४ का लागी एक दर्जन ठुला पुर्वाधार तर्फ करोडौको वजेट विनियोजन गरेको थियो ।

जस मध्य केहि योजना सम्पन्न भईसकेको र बाँकी योजना पनि काम चालु भई अन्तिम चरणमा रहेको तुलसीपुर उपमहानगरपालिका कार्यालयका ईन्जिनियर पवन कुमार योगीले बताउनु भएको छ । तुलसीपुरको नयाँ वसपार्क स्थित नवजन शक्ति टोलमा पाँच सय चौविस मिटर सडक कालोपत्रे निर्माण कार्य सम्पन्न भएकोे छ । जसका लागी ५८ लाख वजेट विनियोजन गरीएको थियो । त्यस्तैगरी उपभोक्ता सहित ५८ लाख लगानीमा शान्ती नगर टोल हुदै गोलौरा जाने तिन सय अन्ठाउन्न मिटर सडक नाला निर्माण सम्पन्न भएको ईन्जिनियर योगीले बताउनु भयो ।

पशुपति नगर टोल जाने ५५ लाखमा कालोपत्रे निर्माण सम्पन्न भएको छ । ईन्जिनियर योगीले दिएको जानकारी अनुसार ५५ लाख लगानीमा भि.आई.पि टोल हुदै ए.ओन टोल जाने सडक कालोपत्रको निर्माण, ५५ लाख लगानीमा कैलास नगरटोल हुदै रजौरा जाने सडक कालोपत्रे निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाले बताउनु भएको छ । त्यस्तैगरी ५५ लाख लगानीमा निर्माण हुन लागेको पवित्र नगर टोल जाने सडक कालोपत्रे, उपभोक्ता सहितको १ करोड १० लाख लगानीमा निर्माण हुन लागेको दोघरे डाँडाँखुटी जाने सडक कालोपत्रे,५१ लख ५६ हजार लगानीमा निर्माण हुन लागेको आलु मन्डि नजिक पसल घर निर्माण,५८ लाख लगानीमा निर्माण हुन लागेको तुलसीपुरको सिपविकास तालिम केन्द्र गाईडहर जाने सडक कालोपत्रेको काम अन्तिम चरणमा रहेको इृन्जिनियर योगीले बताउनु भएको छ ।

त्यस्तैगरी नगर विकास कोष तर्फको पुर्वाधार विकास अन्र्तगत भु संरक्षण कार्यालय हुदै एयरपोट जाने सडक कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ । जसका लागी ६० लाख वजेट विनियोजन गरीएको थियो । नगर विकास कोष मार्फत विनियोजन गरीएको रु ६० लाख वजेटको शिखर कोलनी तल्लो फिल्म हल देखी डुम्री गाउँ जाने सडक कालोपत्रको काम पनि अन्तिम चरणमा रहेको ईन्जिनियर योगीले बताउुनु भएको छ ।

साथै भरखरै पाँच वटा गाविस गाभिएको भन्दै साविक गाविस कार्यालयबाट विनियोजन गरीएको वजेट पनि उपमहानगरपालिका कार्यालयबाट फच्यौट हुने कार्यालयले बताएको छ ।।

प्रकाशित मिति : २०७४ बैशाख २३ गते शनिवार
प्रतिक्रिया