२६ जना विद्यार्थीले गरे रक्तदान

तुलसीपुर, २२ वैशाख ।तुलसीपुरमा रहेको ज्ञानदिप कलेज आमसञ्चार तथा पत्रकारिता स्नातक तह पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । सामाजिक त्तरदायित्व वहन गर्दै समाज अनुकुल कार्य गर्ने उद्देश्यले विद्यार्थीकै सक्रियतामा गठन गरिएको भिजन ग्रुपले उक्त कार्यक्रम गरेको हो ।
विद्यालयका प्राचार्य सुरेन्द्र जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मानविकी संकाय प्रमुख शरद गौतम, ज्ञानज्योति पब्लिक स्कुलका प्रिन्सीपल लोकेन्द्र वहादुर खड्का र आमसञ्चार तथा पत्रकारिता विभाग प्रमुख वसन्त विवश आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले रक्तदान जीवन दान भएकाले मान्छेको शरिरमा त्यसै खेर जाने रगत दान गरेर मान्छेको ज्यान वचाउने मानवतापुर्ण कार्य गर्नुपर्ने उल्लेख गरेका थिए । ग्रुपमा अध्यक्ष निरज वलिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक रेमन पुनले गरेका थिए भने स्वागत मन्तव्य रिचा सापकोटाले गरेकी थिइन । उक्त अवसरमा शिक्षक र विद्यार्थी गरेर २६ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २०७४ बैशाख २२ गते शुक्रवार
प्रतिक्रिया