जन्म दिनमा व्यवसायी केसीले गरे सहयोग

शरद रेग्मी, तुलसीपुर २२ वैशाख ।
तुलसीपुरका युवा व्यवसायी यज्ञ वहादुर केसीले आफ्नो जन्म दिनको अवसरमा अनाथ वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका विजौरी स्थीत असहाय वालविकास नेपाल दाङमा रहेका १० जना अनाथ वालवालिकाहरुलाई कापी, कलम, स्कुल व्याग वितरण गर्नुका साथै उनीहरुलाई आज विहानको खाजा खुवाउनु भएको हो ।

सामाजिक सेवामा रुची राख्ने केसी आफ्नी आमा र धर्मपत्नी सहित अनाथ वालवालिकाहरुलाई सहयोग गर्न त्यहां पुग्नु भएको थियो । तुलसीपुर उद्योग वाणीजय संघका वरिष्ठ सदस्य समेत रहेका वा व्यवसायी केसीले ति वालवालिकाहरुको शिक्षाका लागी आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक हेरचाह र संरक्षणका लागी विभिन्न निकायसंग समन्वय गर्ने समेत वताउनु भएको छ ।

शैक्षिक सामाग्री पाएपछि अनाथ वालवालिकाहरुले खुसी व्यक्त गरेका छन् । स्थानिय विष्णु चौधरीले सञ्चालन गर्नुभएको अनाथालयमा दाङ सहित रुकुम र रोल्पाका १० जना अनाथ वालवालिकाहरु रहेका छन् । उनीहरुका लागी दैनिक पठन पाठन र हेरचाह गर्नका लागी ३ जना शिक्षीकाहरुको व्यवस्था समेत गरिएको संचालक चौधरीले वताउनु भयो ।

५ जना वालवालिकाहरु राख्न सकिने गरि व्यवस्था मिलाईएको उहांको भनाई छ । २०७३ पुस २८ गते एक कार्यक्रमका विच उक्त अनाथालयको सभामुख ओनसरी घर्तिले उद्घाटन गर्नुभएको थियो । यता उनीहरुको शिक्षाका लागी तुलसीपुर स्थीत गोरखा वोर्डिङ स्कुलले चासो देखाएको छ । उनीहरुलाई निशुल्क रुपमा पठन पाठनको व्यवस्था मिलाउने तयारी भईरहेको विद्यालयका सञ्चालक दुर्गा केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ बैशाख २२ गते शुक्रवार
प्रतिक्रिया