काठमाण्डौ,२० बैशाख ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । विश्वभर व्यावसायिक पत्रकारिता कि नैतिक पत्रकारिता भन्ने बहस चलिरहेका बेला नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा मनाउन थालेको डेढ दशक वितिसकेको छ । संयुक्त राष्ट्रसंघको आब्हानमा यो दिवस विश्वभर मनाउने गरिन्छ ।
विश्व प्रेस स्वतन्त्रताको अवसर पारेर नेपाल पत्रकार महासँघ दाङले शुभकामना तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । आज तुलसीपुर स्थित राप्तीबाल उद्यान गणेशपुरपार्कमा कार्यक्रम गर्ने भएको हो । सन् १९९३ को संयूक्त राष्ट्रसघींय महासभाले अनुमोदन गरेपछी यस दिन संसार भरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिदा प्रजातन्त्र अनि सुचनाको अधिकारमामै धक्का पुग्दछ । स्वतन्त्रता अनि निष्पक्षताको वकालत गर्ने आजको विश्वमै पनि दर्जन भन्दा धेरै देशहरुमा प्रेसउपर सेन्सर गरिन्छ, प्रेसकर्मीहरु उपर बन्देज लगाउने , बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप गरिन्छ ।
आजको दिनले सामान्य जनताहरुलाई अनि संसारवासी हामीहरुलाई प्रेस स्वतन्त्रताका बारेमा जानकारी अनि महत्व वुझाउने सर्वब्यापी चेष्टा गर्दछ । यसका साथै आजको दिनले संसारभरिका प्रेसकर्मीहरुलाई प्रेस तठस्तताको पाठ र महत्वको झभल्को दिने कार्य गर्दछ ।