तुलसीपुर, १९ बैशाख
अटोरिक्सा र स्थानीय समुदायविच भाडा संमायोजनका विषयमा तुलसीपुरमा सहमति भएको छ । अटोरिक्सा व्यवसायी र तुलसीपुर उपमहानगरपालिका ८ अश्वाराका स्थानीयविच बेलुवा प्रहरी चौंकीमा भएको व्यापक छलफलमा भाडाको समायोजन गर्ने विषयमा सहमति भएको हो । सहमतिपछि तुलसीपुर देखि उच्चमावि अश्वारासम्म ३० रुपैंया, टुरा टोल जाने सडक सम्म ३५ र मालभुङ जाने सडक सम्म ४० रुपैयाँ भाडा निर्धारण गरिएको वेलुवा प्रहरीचौंकीका इन्चार्ज टीका कवंरले जानकारी दिए ।
छलफलमा अटो इलेक्ट्रीकल श्रमिक यातायत प्रालीका गम्मर पन्थी, तुलसीपुर अटो तथा टेम्पु सेवा समितिका अध्यक्ष अम्मर बुढा, आमा समुहका पुष्पा केसी, कोषाध्यक्ष सारदा सेन, भगवती बुढाथोकी, डिलाराम विसी, केशव शर्मा, नवि सेन, सुशिलसिङ राठौर, जुद्धबहादुर खत्री, तिलक शर्मा लगाएतको सहभागिता रहेको थियो । अटोरिक्साले भाडामा मनोमानी गरेको भन्दै संचालनमा रोक लगाएपछि भाडा संमायोजन गरिएको हो । यस अघि तुलसीपुर देखि अश्वारा सम्मको भाडा ५० रुपैयाँ लिने गरिएको थियो ।