श्रमिक दिवस श्रमिकहरुको पिडा बाहिर ल्याउने पर्व हो

शरद रेग्मी,तुलसीपुर १८ बैशाख ।

श्रमिकहरु सार्वजनिक ठाउँमा आफ्ना कुराहरु राख्न नसक्नाले श्रमिकहरुको अधिकार पछाडी परेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । उनिहरुले महिलाहरु तिजको पर्वमा आफ्ना बर्षभरीका पिडाहरु पोख्ने गरे झै श्रमिक दिवश पनि श्रमिकहरुको पिडा पोख्ने पर्व भएको बताएका थिए । श्रमिक र मालिकको विचमा नङ र मासुको जस्तै संबन्ध हुनु पर्ने कुरामा जोड दिदै उनिहरुले मालिकले अहमता र श्रमिकले हिनता बोधको अन्त्य गर्न जरुरी रहेको बताएका छन ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज १ सय २८ औँ श्रमिक दिवसको अवसर पारेर तुलसीपुरमा आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै शान्ति समिती दाङका सल्लाहाकार प्रमोद न्यौपानेले श्रमिकहरु फुटेर नभई जुटेर काम गर्न जरुरी रहेको कताउनु भयो । उहाले श्रमिकहरु फुटेर काम गर्दा श्रमिक आफै अन्यायमा
पर्ने र मालिक झन बलियो हुने बताउनु भयो । उहाले मजदुरहरुमा अनुशाषणको कमि भएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै शान्ति
समितीका पुर्व सभापती तेज बहादुर कार्कीले सवै भन्दा बढि श्रम शोषण संचार क्षेत्रका भएको बताउनु भयो । उहाले अरुको हक र अधिकारको बोरेमा कलम चलाउने पत्रकारहरु आफ्नो हकको कुरा बाहिर ल्याउन नसक्नु लज्जाको बिषय भएको बताउनु भयो । कार्यक्रममा शान्ति समितीका पुर्व सभापतीहरु निर्मल नेपाली,महेन्द्र लामीछाने,नेपाल यातायात व्यवसायी समिमतीका अञ्चल सचिव भेषराज पौडेल,नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष मदन कुमार नेपाली,चिन्तामणी आचार्य,यमकान्त भण्डारी,अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष भरत भटराइ लगाएतले बोल्नु भएको थियो ।

शान्ति मानव अधिकार तथा शान्ति समाज दाङका सभापती सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका कोषाध्यक्ष निर्मला योगी र सहजिकरण सचिव शरद रेग्मीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ बैशाख १८ गते सोमवार
प्रतिक्रिया