महाअभियोग प्रस्तावमा नेताहरुको फरक धारणा

काठमाण्डौ,१८ बैशाख ।।
प्रधानन्यायाधीश सुशीला कार्की व्यवस्थापिका–संसद््मा दत्र्ता गरिएको महाअभियोग प्रस्तावबारे प्रमुख राजनीतिक दलका नेताहरूले फरक धारणा व्यक्त गर्नुभएको छ । सत्तासिन दलभित्रैपनि धारणा बाझिएको छ । काग्रेस र माओवादी मिलेर प्रधानन्यायधिसलाई महाअभियोग लगाएपछि राजनीतिक कार्स नै परिवर्तन हुने देखिएको छ । सत्तासिन दुई दल महाअभियोगको पक्षमा र सत्ताकै सहयात्री राप्रपा विपक्षमा उभिएको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको पार्टी हेडक्वाटर बैठकमा प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ । महाअभियोग ठीक वा वेठीक भन्नेमा फरक–फरक धारणा रहेकाले त्यसमा थप छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार महाअसभियोग प्रस्तावसँगै स्थानिय तहको चुनावका विषयमा पनि छलफल हुनेछ । अबको केही दिन प्रधानन्यायधिस र महाअभियोगको बिषयले राजनितिक बृत्त तात्ने निश्चित छ । आईजी नियुक्तिसँग जोडेर आएको महाअभियोग, संविधान संसोधन र चुनाबका बिषयलाई लिएर दलहरुबीच धुब्रिकरण बढेको छ ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाअभियोग प्रस्ताव मुख्यतः स्थानीय निर्वाचन भाँड्ने नियतले आएको र न्यायालयमाथिको हस्तक्षेप भएको बताएको छ । आज स्थायी समितिको बैठक बसेर एमालेले महाअभियोगका विषयमा धारणा बनाएर कसरी अगाडी बढ्ने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

एमाले सचिव यागेश भट्टराईले महाभियोग प्रस्तावलाई एमालेले सदनमा असफल बनाउने गरि रणनीति बनाउने बताउनुभयो । उहाँका अनुसार आजको स्थायी समिति बैठकमा स्थानिय तहको चुनाव र उम्मेदवार छनौटका विषयमा पनि छलफल हुनेछ । एमाले स्थायी समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ ।

आजै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । दिउँसो १ बजे पत्रकारसम्मेलन गरि घोषणापत्र सार्वजनिक गर्ने र दिउँसो २ बजेपछि स्थायी समिति बैठक बसेर अरु निर्णय गर्ने एमालेका कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ बैशाख १८ गते सोमवार
प्रतिक्रिया