सल्यानमा महिलाहरु सिप सिक्दै, आत्मनिर्भर बन्दै

मिना बुढाथोकी, सल्यान १७ बैशाख ।
पछिल्लो समय जिल्लाका महिलाहरु विभिन्न सिप सिक्दै आत्मनिर्भर बन्दै गएका छन । सिप सिक्दै आत्म निर्भर बन्नथाले पछि महिलाहरु आय आर्जन गर्न का लागी विभिन्न सिपमुलक तालीम लिन थालेका छन ।  महिला तथा बालबालिका कार्यालय सल्यानले संचालन गरेको मुढा बुनाई तालीम लिएकी कुमाख मालिका गांउ पालिका –३ की अरुणा बुढाथोकीले अब आफै पेशा व्यवसाय गर्ने सोच बनाउनु भएको छ ।
१५ दिने मुढा बुनाई तालीमको आइतबार समापन कार्यक्रममा बोल्दै सहभागी बुढाथोकीले तालीमबाट आफुले सिकेको सीप व्यवहारमा उतार्ने बताउनु भयो । उहाले मुढा बुनाई तालीम को अवधि छोटो भएको भन्दै सो समयमा सिकेको सिपलाई निरन्तरता दिने बताउनु भयो ।
यस्तै अर्का सहभागी त्रिवेणी गांउ पालिका – ६की शोभा कुमारी गिरीले पनि यस तालीमले आफुमा उर्जा थपेको बताउनु भयो ।

आय आर्जनमा टेवा पुर्याउने खालका यस्ता तालीममा सहभागी गराएको भन्दै महिला विकास कार्यालयलाई धन्यवाद दिदै उहाले आफुहरुलाई अझ निखारनको लागी फेरी पनि यस्तो तालीमको आयोजना गर्न आग्रह गर्नु भयो । तालीमको समापन कार्यक्रमलाई अनौपचारिक रुपले सम्बोधन गर्दै महिला तथा बालबालिका कार्यालय सल्यानका प्रमुख रजकुमारी राईले महिलाहरुले फुर्सदको समयलाई सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाले भन्नुभयो –“महिलाहरुले खाली समयलाई सदुपगोग गर्नु पर्छ ।”तालीम बाट लिएको सीपलाई निरन्तरता दिनु पर्ने भन्दै उहाले भन्नुभयो –“सानो व्यवसायबाट पनि मनग्य लाभ लिन सकिन्छ ।”
कार्यक्रमा सहभागी लाई व्यवसाय संचालन गर्नको लागी टेवा स्वरुप ४ हजार ५सय उपलब्ध गराएको महिला तथा बालबालिका कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख १७ गते आइतवार
प्रतिक्रिया