बसन्त परियार,तुलसीपुर १७ बैशाख ।
दाङमा वितेको चैत्र महिनामा नियम उल्लघँन गरी सवारी चलाउनेहरु लाई कारवाहि गर्दा तेह्र लाख बढि राजस्व सँकलन भएको छ । जम्मा २ हजार २ सय १४ सवारी कारवाहि बाट १३ लाख ४२ हजार रुपैया राजस्व सँकलन जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । जस्मा सबैभन्दा बढि मोटरसाईकल कारबाहिमा परेका छन ।
जसबाट ५ लाख ७२ हजार रुपैया राजस्व सँकलन भएको ट्राफिक प्रहरी जवान लाल बहादुर देउवाले जानकारी दिनुभयो । उहाका अनुसार ९ सय १४ वटा मोटरसाईकिल लाई कारवाहि गर्दा उक्त राजस्व सँकलन भएको उहाले बताउनुभयोे ।
यस्तै ६ सय २ ट्रक बाट ३ लाख ६० हजार रुपैया,२ सय ९९ टेक्टर बाट १ लाख ७४ हजार ५ सय ,२ सय ४४ वटा जिपकार बाट १ लाख ३४ हजार रुपैया राजश्व असुल भएको हो । यस्तै १ सय ५९ वटा बस बाट ८९ हजार र १६ वटा टेम्पु बाट १२ हजार ५ सय रुपैया राजश्व उठेको हो ।
यसैविच सवैभन्दा बढि राजश्व कागजात विना सवारी चलाउनेहरु बाट उठेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेले जानकारी दिनुभएको छ ।
त्यसैगरी मापसे गरी सवारी चलाउने, क्षमता भन्दा बढि राख्ने,हेल्मेट नलगाउने,सिटबेल्ट नलगाउने लगायतका नियम उल्लघँन गरी सवारी चलाएकाले कारवाहि गर्नुपरेको वाग्लेले बताउनुभयो । यी कारणले दुर्घटना हुने गरेकाले भनाई छ । चेकजाचलाई अत्यन्तै कडाई पारीएको उहाको भनाई छ ।
तस्वीर सागर थापा