काठमाडौ, बैशाख ४ /नेकपा एमालेले अबको १५ बर्षभित्र छिमेकी मुलुक चीन र भारतलाई उछिन्ने गरी विकास निर्माणको गति बढाउने दावी गरेको छ ।आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रमा संचारकर्मीको सुझाव संकलन गर्न पार्टी कार्यालयमा भएको आज भएको कार्यक्रममा कार्यबहाक अध्यक्ष बामदेव गौतमले चीन र भारतलाई समेत उछिन्ने गरी योजना बनाएको दावी गरेका हुन् ।त्यस्तै उनले आफ्नो सरकार बने ५ वर्षमा हरेक
नेपालीको ५ हजार अमेरीकी डलर आम्दानी गर्नसक्ने व्यवस्था मिलाउने दावी समेत गरेको छ । कार्यक्रममा गौतमले बर्तमान संविधान समाजवादउन्मुख भएको भन्दै यो संविधान एमाले नेतृत्वको सरकारले मात्रै कार्यन्वयन गर्न सक्ने पनि बताए । उनले भने ‘यो संविधान उत्कृष्ट संविधान हो, यसमा जनतालाई असिमित अधिकार दिइएको छ । त्यसैले अव यसको कार्यन्वयनका लागि पनि एमालेकै सरकार आवाश्यक देखिएको छ ।’
नेता गौतमले स्थानीय तहको चुनावका लागि घोषणापत्र तयारीको अन्तिम चरणमा पुगेको भन्दै आफ्नो पार्टीले बनाउन लागेको घोषणापत्र स्तरिय र उत्कृष्ट हुने भन्दै त्यस्तो घोषणापत्र अन्य दल कसैले पनि बनाउन नसक्ने दावी समेत गरे ।
एमालेले आफ्नो घोषणापत्रमा एकसय बर्षसम्म उपयोग गर्न सक्ने भौतिक संरचना निर्माण गर्ने, तीन बर्षमा सवै स्थानीय तहलाई श्रोतसाधनले सम्पन्न बनाउने विषयलाई समेटने गौतमले बताए ।
एमालेको घोषणापत्रमा अरु केके छन् ?
–तीन बर्षमा सम्पुर्ण स्थानीय तह साधन श्रोतले सम्पन्न गराउने ।
–५ वर्षमा हरेक नेपालीलाई ५ हजार अमेरीकी डलर आम्दानी गर्नसक्ने बनाउने ।
–तीन बर्षमा गरीवी निर्मुल पार्ने ।
–तीन बर्षमा प्रत्यक घरमा एक व्यक्ति रोजगार बनाएरै छाड्ने ।
–५ वर्षमा १८ बर्ष पुगेका सवैलाई रोजगारी दिने ।
–आवास, मनोरन्जन लगायतका सामग्री निशुल्क उपलव्ध गराउने
–उच्चशिक्ष सम्मको शिक्षा निशुल्क गराउने ।
– अवको शिक्षा व्यवहारिक र बिज्ञानमा आधारित बनाउने ।
रातोपाटी