स्थानीय तहको निर्वाचनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउने ? (तालिका सहित)

तुलसीपुर,४ बैशाख
स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उठ्ने उम्मेदवारले तोकेको मापदण्ड भन्दा बढि खर्च गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशितगरी तोकिदिए बमोजिम हुनेछ । आयोगका अनुसार महानगरपालिकाको प्रमुख उप्रमुखले साढे सात लाख, वडा अध्यक्षले तीन लाख, उपमहानगरपालिकोका प्रमुख उप्रमुखले साढे पाँच लाख, वडा अध्यक्षले ढाइ लाख, नगरपालिकाको प्रमुख उप्रमुखले साढे चार लाख, वडा अध्यक्षले २ लाख, गाउँपालिकाको प्रमुख उप्रमुखलेले साढे तीनलाख , वडा अध्यक्ष र सदस्यले डेढलाख र जिल्ला समन्वय समितिका प्रमुख उप्रमुखले ढाइ लाख र सदस्यहरुले डेढलाख रुपैयाँ सम्म खर्च गर्न पाउने कानुनी व्यवस्था छ ।


दल, उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएकोे सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा तोकिए बमोजिम राख्नु पर्नेछ । “निर्वाचनको अवधि” भन्नाले उम्मेदवारको मनोनयनपत्र दर्ता भएकोे मितिदेखि त्यस्तोे निर्वाचनको परिणाम घोषणा भएकोे मितिसम्मको अवधिलाईसम्झनु पर्छ । (३) कुनै दल वा उम्मेदवारले निर्वाचनमा गरेको जम्मा खर्च उपदफा (१) बमोजिम तोकिएको खर्चको रकमको हद भन्दा बढी हुनु हुँदैन । तोको मापदण्ड भन्दा बढि खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आयोग सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम जरिबाना गर्न सक्नेछ कानुन व्यवस्था ।निर्वाचनमा भएको खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।

प्रकाशित मिति : २०७४ बैशाख ४ गते सोमवार
प्रतिक्रिया