स्थानिय निर्वाचनका लागि राप्तीमा सुरक्षा रणनिति तयार : एसएसपी शाह

तुलसीपुर, ३ बैशाख ।

स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा साविकको राप्ती अञ्चल भरीको शान्ती सुरक्षाको रणनिति तयार पारीएको अञ्चल प्रहरी प्रमुख ज्ञान विक्रम शाहले बताउनुभएको छ । तुलसीपुर खवर सँग कुराकानि गर्दै उहाले सवै जिल्लाका ५ सय ९६ वटा मतदान केन्द्रमा ३ हजार २ सय १७ प्रहरी परीचालन हुने बताउनुभएको छ । दाङमा १ सय ५१,सल्यानमा १ सय ११ , रुकुममा १०४,रोल्पामा ६९ र प्युठानमा १ सय ५१ वटा मतदान केन्द्रको लागि सुरक्षाको रणनिति तयार पारीएको उहाले बताउनुभयो । सवै मतदान केन्द्र लाई प्रहरीले तिन तहमा विभाजन गरेको छ ।

सुरक्षा प्रदानका लागि सामन्य,संवेदनसिल र अति संवेदनसिल मतदान केन्द्रका रुपमा छुट्याईएको हो । सवै मतदान केन्द्र मध्ये ७५ वटा लाई समान्य रुपमा हेरीएको छ । यस्तै ३ सय ८६ वटा संवेदनसिल र १ सय ३५ वटा केन्द्र भने अति संवेदनसिलमा परेका छन । यि केन्द्रका लागि आवस्यक प्रहरीको परीचालन हुने छन ।

प्रकाशित मिति : २०७४ बैशाख ३ गते आइतवार
प्रतिक्रिया