गोल्टाकुरी, वैशख २ /निर्वाचनको मिती नजिकिदै गर्दा देखी गाउँगाउँमा निर्वाचन शिक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङ वाट निर्वाचन शिक्षा समवन्धि तालिम लिएका निर्वाचन शिक्षा कार्याकर्ताले आज देखी आआफ्नो कार्यक्षेत्रमा शिक्षा कार्यमलाई सुरु गरेका हुन् । वैशाख १ गते देखीको नियुक्ति लिएका दाङका निर्वाचन शिक्षा कार्यकर्ताले १ गते विदा परेका कारण शनिवार देखी काम सुरु गरेको दंगिशरण गाउँ फालिकाका निर्वाचन शिक्षा कार्यकर्ताका समन्वयकर्ता देविराम कुसारीले जानकारी दिए । दाङमा २ उप माहानगपालिका, १ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी ७ वटा स्थानिय तहका लागि जिल्लामा ३ सय ४५ जना निर्वाचन शिक्षा कार्यकर्तालाई खटाएको जिल्ला निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र गिरीले जानकारी दिए ।
- दाङमा आज देखी निर्वाचन शिक्षा कार्यक्रम सुरु
- ३ सय ४५ जना निर्वाचन शिक्षा कार्यकर्ता परिचालन
- प्रचा पम्पलेट टास्ने लगाएतका काम पनि सुरु
यसैविच दंगिशरण २ सिमलकुनाको दलित वस्तीमा निर्वाचन शिक्षा कार्यक्रम सम्पनन भएको छ । साविक गोल्टाकुरी ७ का वडा नगारिकमञ्चका संयोजक रेखा विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वाचन शिक्षा कार्यकर्ता देविराम कुसारीले निर्वाचन र मतदानको महत्वको वारेमा जानकारी गराएका थिए । त्यस अवसरमा मतदान कती ठाउँमा गर्ने, कसरी गर्ने, मतपत्रमा स्वास्तीक छाप लगाउने तरिका, मतपत्र पट्याउने तरिका लगाएतको वारेमा जानकारी गराइएको थियो ।
जिल्लाका बबई, शान्तिनगर, दंगिशरण, बंगलाचुली, राप्ती, राजपुर र गढवा गाउँपालिकामा शनिवार देखी नै निर्वाचन शिक्षा कार्यक्रम सुरु गरिएको छ । त्यसैगरी तुलसीपुर उप महानगरपालिका, घोराही उप महानगरपालिका र लमही नगपालिकाका सवै वडामा पनि कार्यक्रम सुरु भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । यसैगरी प्रचारप्रसारका लागि प्रचा पम्पलेट टास्ने लगाएतका काम पनि आजै देखी सुरु गरिएको छ । निर्वाचन शिक्षा कार्यकर्ताले आफुले गरेको कामका वारेमा सम्वन्धित गाउँ पालिकामा र नगरपालिकाको कार्यालयमा प्रत्यक एक सातामा आफुले गरेको कामको प्रगती प्रतिवेदन वुझाउनु पर्ने जिल्ला निर्वाचन कार्यालय दाङका तालिम संयोजक वेगम केसीले जानकारी दिए ।