सांसद खनाल भन्छन “नयाँ बर्ष संबिधान कार्यान्वयनको बर्ष हुन्छ ”

 

घोराही, २ बैशाख /सासंद राजु खनालले नयाँबर्ष २०७४ संबिधान कार्यान्वयनको बर्ष हुने बताएका छन । नेपाली काग्रेस घोराही उपमहानगर १४ गते आज घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा वर्डा भेलामा बोल्दै उनले यस्तो बताएका हुन । २०७४ सालमा तिनै तहको निर्वाचन सम्पन्न गर्ने भएका कारणले यो वर्ष संबिधान कार्यान्वयनको बर्ष हुने उनले बताए । २० बर्ष पछि जनताबाट अनुमोदित हुने यो स्थानीय तहको निर्वाचनमा काग्रेसका तर्फबाट जनताकै माँझमा प्रिय ब्यक्तिले टिकट पाउनेमा जोड दिए ।
नेपाली काग्रेस घोराही उपमहानगरपालिका १४ का इकाइ सभापति श्यामप्रसाद सुबेदीको सभापतित्वमा भएको कार्यक्रममा सांसद अनिता देबकोटा, नेपाली काग्रेस क्षेत्रनम्मर ३ का सभापति भुपबहादुर डाँगी, महाधिबेसन प्रतिनिधि अर्जुनकुमार श्रेष्ठ, काग्रेस नेता हरीप्रसाद रजौरिया, भरत न्यौपाने, बिपुल पोख्रेल, पुष्पा श्रेष्ठ, सुशिला थापा, शुसिला पौडेल, तरुन दलका सचिब नरेन्द्र पुन, बिद्यार्थी नेता रमेश पान्ये, तिलक रावत, लगाएतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण उपमहानगरपालिका १४ का इकाइ सचिब हुमबहादुर भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ बैशाख २ गते शनिवार
प्रतिक्रिया