बलात्कारको प्रयास गर्ने पुरुषले गरे आत्महत्या

तुलसीपुर २ बैशाख/ दाङमा बलात्कारको प्रयास गर्ने एक पुरुषले आत्महत्या गरेका छन् । हिजो दिउँसो स्थानीय ३५ बर्षिया एक महिलालाई बलात्कारको प्रयास गर्ने ५२ बर्षका पुरुषले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पिडितले प्रहरीमा जाहेरी दिएपछि इज्जतजाने डरले आज विहान आत्म हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिएका छन् । पिडित महिलाको मानसीक सन्तुलन पनि त्यति ठिक नभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख २ गते शनिवार
प्रतिक्रिया