खुमबहादुर खड्काको राजनीतिक भविष्य अन्योलमा, के भन्छन ? उनका निकटष्थहरु

नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको राजनीतिक भविष्य अन्योलमा परेको छ । भष्टाचार र फौजदारी लगाएतका मुद्दामा दोषी ठहर व्यक्ति दलको साधारण सदस्य समेत बन्न नपाउने राजनीतिक दल सम्बन्धी विधेयक संसदबाट पारित भएपछि नेता खड्काको राजनीतिक यात्रा अन्योलमा परेको हो ।
कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले चार महिना छलफल गरेर तयार पारेको विधेयक चैत्र ९ गते संसदबाट पारित भएको थियो । यो विधेयक संसदबाट पारित भएपछि अब आजीवन दलको साधारण सदस्य नरहने व्यवस्था पारित भएको छ ।
यो विधेयक सोमबार राष्ट्रपतिद्धारा प्रमाणीकरण भएपछि नेपालको कानुन बनेको छ । कांग्रेस नेता खड्कालाई सर्वोच्च अदालले २०६९ साउन ३० गते भ्रष्टाचारी ठहर गर्दै डेढ बर्ष कैद, ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ विगो र त्यतिनै जरिवाना गर्ने फैसला गरेको थियो । २०४८ र ५१ सालमा दाङ क्षेत्र १ र ३ बाट अत्याधिक मत लिएर विजयी भएका खड्का यातायात मन्त्री हुदै गृहमन्त्री समेत बनेका थिए । हाल पार्टीको उपसभापतिका दाबेदार खड्कालाई कानुनले पाखा लगाएपछि उनका विरोधीहरु खुशी भएको उनि निकटष्थ स्रोतले बताएको छ ।

पूर्व सांसद गिरी के भन्छन ?

 

पूर्व सांसद गेहेन्द्र गिरीले यो कुनै पनि हालतमा कार्यान्यन नहुने बताएका छन् । कानुन बन्नु भन्दा अघि नै दोषी ठहर भएका खड्काले सजाय भुक्तान गरिसकेकाले उनको हकमा लागु नहुने पूर्व सांसद गिरीले बताए । ‘अब भ्रष्टाचार र फौजदारी मुद्दा लागेकालाई मात्रै यो कानुन लाग्छ, गिरीले भने ७/८ बर्ष अघिको हकमा यो लागु हुदैन ।’

कांग्रेस दाङका सभापति के भन्छन ?

 

कांग्रेस दाङका सभापति कृति बहादुर खड्काले यो बिषयमा नबोल्ने प्रतिकृया दिएका छन् । भष्टाचार र फौजदारी मुद्दामा दोषी ठहर व्यक्ति दलको साधारण सदस्य समेत बन्न नपाउने कानुन बने पछि कांग्रेसका नेता खुमबहादुर खड्कालाई पनि यो कानुनले छोयो यसले दाङमा के प्रभाव पार्छ ? भन्ने तुलसीपुर खबरको प्रश्नमा सभापति खड्काले भने ‘म यो विषयमा केहि पनि बोल्दैन् ।’

प्रकाशित मिति : २०७३ चैत्र ३० गते बुधवार
प्रतिक्रिया