तुलसीपुर,३० चैत्र ।
नेपाल सरकारका उपप्रधान तथा स्थानिय विकास मन्त्रि कमल थापा दाङ आउनु हुने भएको छ । यहि बैशाख ५ गते राप्रपा दाङले तुलसीपुरमा गर्न लागेको बृहत चुनावी सभालाई सम्वोधन गर्न थापा दाङ आउन लाग्नु भएको हो । स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजना गरीएको चुनावी सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष समेत रहेका थापा सहित पार्टीका बरिष्ठ नेताद्वय पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पशुपती सम्शेर जवरा लगायतका नेताहरु आउन लागेको राप्रपाका प्रभावशाली नेता तथा सहायक महामन्त्री मनोज प्रधानले जानकारी दिनुभयो । पार्टीको राप्तीको चुनावी कमाण्डरको जिम्मृवारी पाउनु भएका प्रधानले पार्टीको केन्द्रिय कार्यक्रम अन्र्तगत प्रदेश नम्बर ५ को चुनावी सभा दाङको तुलसीपुरमा हुन लागेको हो ।
राप्रपाले चुनावलाई ध्यानमा राख्दै देशैभरी बृहत चुनावी सभा गर्न लागीरहेको छ । तुलसिपुरको अरनिको मैदानमा दिउसो १२ बजे चुनावी सभा हुने र सो कार्यक्रममा उपस्थित भई सफल बनाउन पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक सबैमा सहायक महामन्त्री प्रधानले अनुरोध पनि गर्नु भएको छ । मंगलवार घोराहीमा बसेको राप्रपा दाङको जिल्ला कार्य समिति बैठकले पनि पार्टीका केन्द्रिय अध्यक्ष थापा लगायत बरीष्ठ नेताहरुको उपस्थितीमा हुने चुनावी सभालाई सफल बनाउन सबैमा आग्रह गरेको छ । राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले चुनावी सभालाई सफल बनाउन जिल्ला अध्यक्ष बस्नेतको अध्यक्षतामा ५ सय १ सदस्यीय मुल आयोजक कमिटि र आर्थिक संकलन समिति गठन गरेको छ भने विभिन्न उप समितिहरु निर्माण गरेको छ ।
जसमा बंशिकुमार शर्मा संयोजकत्वमा सदस्यहरुमा मिडिया नेपाल दाङका संयोजक रोशनमान श्रेष्ठ र सुमन केसि सदस्य रहेको प्रचार प्रसार समिति, लालबहादुर केसिको संयोजकत्वमा मञ्च ब्यवस्थापन उपसमिति, प्रेम शाहको संयोजकत्वमा यातायात ब्यवस्थापन उपसमिति, हरी खड्काको संयोजकत्वमा स्वयमसेवक परीचालन उपसमिति, प्याउली केसिको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति र पार्टिका केन्द्रिय सदस्यद्वय कोमल ओली र मिना स्वर्णकार रहेको सांस्कृतिक उपसमिति गठन गरीएको छ ।