तुलसीपुर,२९ चैत्र ।
फरार अपराधी पक्राउ गर्ने योजनामा दाङ प्रहरीलाई एक पछि अर्को सफलता मिलेको छ । यसैक्रममा कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त लाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा साविक फुलवारी गा.वि.स.वडा नं. २ बस्ने वर्ष ५७ की जुर्पन्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कर्तव्य ज्यान मुद्धामा दाङ देउखुरी जिल्ला अदालतको २०६१ साल असाढ ३१ गतेको फैसलाले एक वर्ष कैद सजाय तोेकेको थियो । उक्त मुद्धा पुनरावेदन भई पुनरावेदन अदालत तुल्सीपुरको २०६२ अषाढ २० गतेका फैसलाले ४ वर्ष कैद सजायको फैसला गरेको र पुन उक्त मुद्धा सर्वोच्च अदालतमा पुनरावेदन भएपछि सर्वोच्चको २०६४ साल श्रावण १८ गतेको फैसलाले सर्वस्व सहित जन्मकैदको फैसला गरेको थियो ।
निज चौधरीे २०६० साल कार्तिक २५ गते पक्राउ परी २०६१ साल कार्तिक २७ गते सम्म एक वर्ष कैद भुक्तान गरेकोले अव बाँकी ९ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने छ । उनलाई कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले उनकै घर नजिक लुकीछिपी बसेको अवस्थामा फेला पारी कैद असुल उपरको लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाईएको प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।