सन्चार मन्त्री बास्कोटा दाङ आउदै

तुलसीपुर, २३ जेठ ।सरकारका प्रवक्ता एवं सुचना तथा सन्चार प्रविधिमन्त्री गोकुल बास्कोटा दाङ आउने भएका छन् । रेडियो नेपाल प्रादेशिक कार्यालय भवनको शिलान्यास तथा प्रादेशिक प्रशारण लाईनको औपचारिक उद्घाटनका लागी मन्त्री बास्कोटा दाङ आउन लागेका हुन् । उनले जेठ २४ गते शुक्रवार हेमन्तपुरमा रहेको प्रशारण केन्द्र परिसरमा नयाँ भवनको शिलान्यास गर्ने छन् भने स्थानिय तिन भाषामा समाचार तथा कार्यक्रम प्रशारणको सुभारम्भ गर्नेछन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया