आज सार्वजनिक विदा

दाङ,२२ जेठ । सरकारले आज सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा आज सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । हिजो एक सुचना जारी गदै आज सार्वजनिक विदा दिईएको छ ।यस अघि २३ गते इदुल्ल पर्व भएको भन्दै २३ गते सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको थियो ।मुस्लिम समुदायहरुले एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँने गर्दछन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया