छुट्टाछुटुटै घटनामा परि दुई जनाको मुत्यु

तुलसीपुर, २१ जेठ । दाङमा शर्पदंशबाट एक किसोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।राजपुर गाउँपालिका वडा नम्वर ४ मोतिपुर बस्ने १७ बर्षिया प्रमिला यादवको शर्पदंसबाट ज्यान गएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता विनोद विक्रम शाहका अनुसार उनलाई मंगलवार विहान ६ वजेतिर घरको आंगनमा शर्पले डशेको थियो । त्यसपछि उनी स्कुल गएको र दिउँसो १ वजेतिर एक्कासी विरामी भएपछि उनलाई एम्वुलेन्स मार्फत अस्पताल लैजादै गदा गोरुसिगे नजिकै निधन भएको हो । उनको शवलाई पोष्टमार्टम पछि आफन्तीले बुझिलिएको प्रहरीको भनाई छ ।
यस्तै घोराहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १२ बडहरा नजिकै हापुरखोला सिचाई कुलोमा बंगलाचुली गाउाँपालिका वडा नम्वर ३ बस्ने ४३ वर्षिय युवराज नेपाली मंगलवार दिउँसो साढे चार वजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनी बहिनी ज्वाईको घरमा गएका थिए । उनी विगत केहि समय देखी मृगी रोगी भएकाले पानीमा डुवेर ज्यान गएको हुन सक्ने प्रहरीको भनाई छ । मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती स्वास्थ्य वित्रान प्रतिष्ठानमा राखीएको छ ।।

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार
प्रतिक्रिया