पारलिंगी महिला भएकै कारण पढ्नबाट रोक

 प्रशान्त वली

काठमाडौं ।  पारलिंगी महिला भएकै कारण त्रिभुवन विश्वविद्यालयले रजिस्टे«सन नदिएपछि ललितपुरकी रुक्शना कपालीले अन्ततः पढाइ नै रोक्नुपरेको छ । पाटन घर भएकी रुक्शनाले त्रिचन्द्र क्याम्पसमा स्नातक तहमा रजिस्टे«सन नपाउँदा पढाइ रोक्न बाध्य हुनुपरेको हो । उनी त्रिचन्द्र क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा भाषा विज्ञान पढ्न भर्ना भएकी थिइन् ।
जन्मिँदा लिगंको आधारमा पाएको लैंगिक पहिचान केही समयपछि आफूमा फरक लैगिंक पहिचानको अनुभूति गर्ने लैगिंक वर्ग पारलिंगी हो ।

रुक्शनाले भनिन्, ‘म झन्झटमा फसें । कक्षामा राम्रोसँग हाजिर हुँनै पाइनँ । त्यही भएर तत्कालका लागि पढाइ रोक्न बाध्य भएकी छु ।’ कक्षा १० सम्म क्रोजन कपाली नामबाट सबै विवरण बनाएकी कपालीले कक्षा १२ मा नाम परिवर्तन गरी रुक्शना लेखाएकी थिइन् । उनको नागरिकतामा पनि रुक्शना नै छ । तर, कक्षा १० र १२ को नाम फरकफरक परेकाले स्नातक तहमा रजिस्ट्रेसन दिन नमानेको रुक्शनाले बताइन् ।

नेपालमा पारलिंगीहरूको संख्या ५९ हजार रहेको छ । अन्तर्लिंगी विद्यार्थी इसान रेग्मीलाई २०६८ सालमा लोकसेवा आयोग र २०६९ मा स्नातकोत्तर तहको परीक्षा दिनबाट वञ्चित गराइएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार
प्रतिक्रिया