विद्यार्थीलाई कुट्ने शिक्षिका रोल्पामा पक्राउ

तुलसीपुर,२० जेठ 

स्कुलमा ढिलो आएको भन्दै निर्मतापूर्वक विद्यार्थी कुट्ने शिक्षिकालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रुम्टीगढी गाउँपालिका– ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले ढिलो आएको भन्दै १४ जना विद्यार्थीलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि सोमबार दिउसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख दिपक खड्काले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी टोलीले शिक्षिका पुनलाई सोमबार दिउसो नियनत्रणमा लिएको हो । उनलाई पिडित पक्षले दिएको जाहेरीका आधारमा कारबाही पकृया अघि बढाइने प्रहरीले बताएको छ । शिक्षिकालाई इप्रका होलेरीमा राखिएको छ । शिक्षिका प्रक्राउ परेसंगै पिडित बालबालिकाका अभिभावकलाई पनि तत्तकाल ईप्रकामा बोलाएको होलेरी प्रहरीले निवेदन लेख्न भनेपनि आफुरुले लेख्न नजानेको एक अभिभावकले बताए ।
उपचार खर्च १८ हजार दिने सहमतिमा घटना मिलाएपनि पैसा नदिएपछि घटना सार्वजनिक भएको हो । यस अघि पनि शिक्षिका पुनले विद्यार्थीलाई चरम यातना दिने गरेको नाम नवताउने सर्तमा एक शिक्षिकाले बताईन । ‘७४ असार ११ गते दुुइ कक्षामा पढ्ने बालक नरबहादुर पुनलाई कुटेर कान नसुन्ने भएपनि स्कुलले ७ सय रुपैया दिएर घटना मिलायो ,’– ति शिक्षिकाले भनिन –‘अहिले पनि विद्यार्थीलाई कुटेर ठूलो घटना घटाइन् ।’ उनले विद्यार्थीलाई अनुशासीत बनाउने नाममा चरम यातना दिने गरेपनि बा–आमालाई भनेमा झनै कुट्ने भनेपछि डरत्रासले बालबालिकाले जानकारी नगराउने गरेको शिक्षिकाले बताइन् ।

शिक्षिका पुनको कुटाईबाट विद्यालयमा रुवावासी चलेपछि हेर्न नसकेर आफु अफिस भित्र प्रवेश गरेको र छुटाउदा आफैले पनि कुटाई खाइने डरले नजिक जान नसकेको शिक्षिकाहरुले बताएका छन् । सोहि दिन १०जना शिक्षक शिक्षिका मध्य ४ जना मात्रै शिक्षिका विद्यालयमा आएका थिए । जेठ १२ गते निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी पुनले निजी स्रोतमा कक्षा १ देखि पाँच सम्म पढाउदै आएकी छिन् । भौगोलिक विकटताका कारण होलेरी इप्रका देखि अभिभावकहरुको घर टाढा भएकाले कानुन दिलाउने नामम प्रहरीले बोलाएर सोधपुछ गर्दा झनै पिडाबोध हुने गरेको उनिहरुले बताएका छन् ।

कारबाही हुन्छ गाउँपालिका

रुम्टीगढी गाउँपालिकाले विद्यार्थीलाई पशुजन्य व्यवहार गर्ने शिक्षिकालाई कारबाही गर्न आफु प्रतिवद्ध भएको जनाएको छ । शिक्षिकालाई स्कुलबाट निकाल्ने देखि कानुन अनुसार कारबाही गर्न प्रहरी प्रशासनलाई पनि भनेको र आफु पनि प्रतिवद्ध भएको गाउँपालिकाका अध्यक्ष बालाराम पुनले बताए । ‘ यसअघि पनि विद्यार्थीलो कुटाई खाने गरेको हल्ला अहिले आइरहेको छ,’ – अध्यक्ष पुनले भने – ‘ मैले पहिलो पटक सुन्दै छु । घटना दुःखद भएकाले कारबाही हुनुपर्छ ।’

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया