लागु औषध खैरो हिरोईन सहित तिन जना पक्राउ

तुलसीपुर, २० जेठ । दाङमा लागु औषध सहित तिन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रक्राउ परेका सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ बस्ने ३६ वर्षिय लक्ष्मण सापकोटा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १५ वस्ने ३२ वर्षिय गुड्डु कवडिया र सोहि ठाउँकी २४ वर्षिया रुक्सार कवडियालाई प्रहरीले सोमवार सार्वजनिक गरेको छ ।
बा १९ च ८८३३ नम्वरको हाईलेक्स गाडीमा गएराती नेपालगन्जबाट दाङ तर्फ आउदै गर्दा लमही नगरपालिका वडा नम्वर ९ अमिलिया नजिक चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी लिएका छन् ।
विशेष सुचानाको आधारमा उनीहरु सवार गाडीमा चेकजाँच गरिएको हो । सेतो प्लाष्टिकमा पोको पारेर राखीएको अवस्थामा बरामद गरिएको प्रवक्ता शाहले जानकारी दिएका छन् । उनका अनुसार उक्त लागु औषध १ सय ८० ग्राम रहेको छ । साथै उनीहरुको साथबाट नगद सात हजार, मोवाईल तिन थान र उनीहरु सवार गाडी नियन्त्रणमा लिएइएको छ । पक्राउ परेकाहरु विरुद्ध लागु औषध ओसारपसार तथा विक्रि वितरण सम्वन्धि कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार लागु औषध झन्डै १८ लाख रुपैया मुल्य बराबरको रहेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया