नगरप्रमुख सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी

सप्तरी , २० जेठ । राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने नगरप्रमुख सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।डिभिजन वन कार्यालय सप्तरीले सप्तकोसी नगरपालिकाका नगरप्रमुख उत्तमकुमार शर्मा, वडा नम्बर १ का अध्यक्ष नारायण आचार्य र उपभोक्ता समितिका दुई पदाधिकारी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
नगरपालिकाले सप्कोसी–१ भत्तेपुरमा पर्ने चुरे क्षेत्रबाट आउने खोलालाई डाइभर्ट गर्न नाला निर्माण गरिरहेको छ । त्यो नाला राष्ट्रिय वन क्षेत्रमा परेको छ । वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गरेकाले पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन कार्यालयका प्रमुख धीरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया