विभिन्न स्थानमा भिषण हावाहुरी सहित बर्षा, पहिरो र हावाहुरीका कारण दुई जनाको मुत्यु

दाङ, २० जेठ । दाङ विभिन्न स्थानमा वर्षा सुरु भएको छ ।वर्षा संगै आएको हावाहुरी र पहिरोका कारण दुई छुट्टाछुट्टै स्थान भएको दुर्घटना परि दुई जनाको ज्यान गएको प्रहरीले बताएको छ । रोल्पामा गएको शनिवार भारी वर्षाका कारण आएको पहिरोमा परि एक महिलाको ज्यान गएको प्रहरीले बताएको छ ।
ज्यान जानेमा जिल्लाको लुग्रीं गाउँपालिका निवासी ४८ वर्षिया गौमाला माझी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । यस्तै पुर्वी नवलपरासीमा हावाहुरी कारण एक वालिकाको ज्यान गएको प्रहरीले बताएको छ । हावाहुरी कारण घरको टिनको छानो उडाउदा विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर ६ र ७ त्रिवेणीमा निवासी लालन यादवकी १० वर्षिया छोरी अन्जली यादवको ज्यान गएको हो ।
बालिकालाई टिनको पाताले लाग्दा उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जानकारी दिएको छ ।यस्तै सोहि गाउँपालिकाका विभिन्न स्थानका झन्डै ८० घरमा हावाहुरीले क्षति पु¥याएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया